ad ad

समाज


पक्राउ पर्नुअघि बम्जनले किन्दै थिए ५ करोडको गाडी, भइसकेको थियो ३ करोड भुक्तानी

पक्राउ पर्नुअघि बम्जनले किन्दै थिए ५ करोडको गाडी, भइसकेको थियो ३ करोड भुक्तानी

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस २५, २०८० बुधबार १४:४, काठमाडौँ

मंगलबार राति काठमाडौंको हात्तीगौंडास्थित घरबाट पक्राउ परेका आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनले ५ करोड रुपैयाँको गाडी किन्न लागेको खुलेको छ।

अनुयायीहरूबाट करोडौं पैसा उठाएको आरोप झेलिरहेका उनले आफ्नो यात्राका क्रममा टोयोटा फर्च्युनर गाडी चढ्ने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

सीआईबीका अनुसार उनले पछिल्लोपटक प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्च्युनर कार चढ्ने गरेका थिए।

त्यसैगरी उनको प्रयोगका लागि सेतो रङको ल्यान्ड क्रुजर जेडएक्स पनि उपलब्ध हुँदै थियो। 

बम्जनका लागि ललितपुर महानगरपालिका-२२ बुङ्मती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुका अध्यक्ष ४५ वर्षीय पनित महर्जनको नाममा धुम्बाराहीस्थित युनाइडेट ट्रेडर्स सिन्डिकेट प्रालिको शोरुमबाट ५ करोड रुपैयाँमा उक्त कार खरिद गर्न ३ करोड भुक्तानी पनि भइसकेको सीआईबीले जनाएको छ। 

बम्जनको सुविधाका लागि क्रस फायर, ३९० सीसीको केटीएम ड्युक, यामाहा रे जेड आर स्कुटरसहित चारवटा मोटरसाइकल पनि प्रयोग हुने गरेको खुलेको सीआईबीका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .