ad ad

समाज


रामबहादुर बम्जन पक्राउ गर्न सीआईबीले चलाएको थियो ‘अपरेसन ब्लु’

रामबहादुर बम्जन पक्राउ गर्न सीआईबीले चलाएको थियो ‘अपरेसन ब्लु’

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस २५, २०८० बुधबार १४:२०, काठमाडौँ

पाँचजना व्यक्ति बेपत्ता र अनुयायीमाथि यौन शोषण आरोप लागेपछि लामो समयदेखि फरार रहेका रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ। 

मंगलबार राति काठमाडौंको हात्तीगौंडास्थित घरबाट पक्राउ परेका आफूलाई तपस्वी बताउने बम्जनलाई सीआईबीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

पटक पटकको प्रयासमा पनि बम्जनलाई सीआईबीले पक्राउ गर्न असफल हुँदै आएको थियो। तर यस पटक उनी काठमाडौंक हात्तीगौंडास्थित घरबाटै समातिएका छन्। 

सीआईबीको टोली पक्राउ गर्न घरभित्र छिर्दा उनी चौथो तलाको झ्यालबाट हामफालेर भाग्न तम्तयार भइसकेका थिए। तर सीआईबीले अन्य तीनवटा टोली तैनाथ गरेर उनलाई उम्किन दिएन।

सीआईबीलाई लगातार चुनौती दिइरहेका उनलाई पक्राउ गर्न ‘अपरेसन ब्लु’ चलाइएको थियो। सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेसन ब्लु’ चलाएर बम्जनलाई पक्राउ अभियान चलाइएको थियो। 

सीआईबीले उनलाई सार्वजनिक गर्दा उनी सेतो ज्याकेटमा चिटिक्क देखिएका थिए। अब उनलाई सर्लाही पठाएर मुद्दा अघि बढाउने  तयारी गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .