ad ad

समाज


प्रहरीले पक्रन खोज्दा चौथो तलाको झ्यालबाट हामफालेका थिए बम्जन

प्रहरीले पक्रन खोज्दा चौथो तलाको झ्यालबाट हामफालेका थिए बम्जन

बूढानीलकण्ठको हात्तीगौँडास्थित बम्जनको घर (बायाँ) र बम्जन


नेपालखबर
पुस २५, २०८० बुधबार १४:३१, काठमाडौँ

बाल यौन शोषण मुद्दा लागेका आफूलाई ‘तपस्वी’ दाबी गर्ने रामबहादुर बम्जनलाई आज प्रहरीले काठमाडौँमा सार्वजनिक गरेको छ। 

मंगलबार बूढानीलकण्ठ नगरपालिकामा पर्ने हात्तीगौँडास्थित आफ्नै घरबाट पक्राउ गरिएका बम्जनलाई आज दिउँसो महाराजगन्जमा पत्रकार सम्मेलन गरी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गर्दै घटना विवरण जानकारी गराएको हो। 

पत्रकार सम्मेलनमा सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार राति पक्राउ गर्न प्रहरीको टोली बम्जनको घर पुग्दा चौथो तलाबाट हामफाली भाग्ने प्रयास गरेका थिए। तर त्यही बेला सीआईबीको टोली उनलाई समात्न सफल भएको हो। 

सीआईबीले भनेको छ, निज रामलाल बम्जन (रामबहादुर बम्जन) को खोजतलास गर्ने क्रममा निज काठमाडौँ जिल्ला, बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँमा लुकीछिपी बस्दै आएको भन्ने बुझिन आई मिति २०८०/०९/२४ गते करिब १९:१५ (साँझ सवा ७) बजे उल्लेखित स्थानमा गई निज बस्दै आएको घरभित्र प्रवेश गरी निजलाई पक्राउ गर्ने क्रममा निज रामलाल बम्जन आफू बस्दै आएको घरको चौथो तलामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हामफाली भाग्ने क्रममा यस ब्युरोको टोलीले निजलाई पक्राउ गरेको।’ 

बाराको हलखोरिया जंगलस्थित बम्जनको आश्रममा आनीका रूपमा बसेकी एक बालिकाले आफूलाई यौन शोषण गरेको दाबी गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएकी थिइन्। त्यस आधारमा सर्लाही जिल्ला अदालतले उनलाई पक्राउ गर्न २०७६ माघ २३ गते प्रहरीलाई अनुमति दिएको थियो। तर त्यसयता उनी फरार थिए। 

खोजतलासका क्रममा प्रहरी ३४ वर्षीय बम्जनलाई मंगलबार साँझ काठमाडौँ हात्तीगौँडास्थित उनकै घरबाट समात्न सफल भएको हो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .