ad ad

समाज


भारतीय सार्प सुटर छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

भारतीय सार्प सुटर छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

नेपालखबर
पुस २९, २०८० आइतबार २०:७, काठमाडौँ

नेपाल प्रहरीको नियन्त्रणमा रहेका एक भारतीय सार्प सुटरलाई छुटाइदिने भन्दै परिवारसँग रकम माग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–१ बस्ने अन्दाजी वर्ष २३ को श्यामबाबु साह रहेका छन्।

भारतको मोतिहारी जिल्ला, छौडादानो पञ्चायत, तिनकुनी बस्ने वर्ष ३२ को सार्पसुटर सुजित कुमार सिंहलाई पुस १० गते भारतबाट नेपाल प्रवेश गर्दै गर्दा बारा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीसँगको मुठभेडका क्रममा खुट्टामा गोली लागि घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साहले सुजित कुमार सिंहको बुवा जयमंगल सिंहसँग सुजितको मुद्दा प्रहरी, सरकारी वकिल र अदालतमा सेटिङ गरी मिलाईदिन्छु भनी १६ लाख रुपैयाँ (भारु १० लाख) माग गरेका थिए।

सुजित कुमार सिंहको बुवासँग श्यामबाबु साहले १ लाख ९२ हजार रुपैयाँ (भारु १ लाख २० हजार) रकम लिई ठगी गरेको प्रहरीले जनाएको छ।

जंयमगल सिंहको जाहेरी दरखास्तका आधारमा शनिबार श्यामबाबु साहलाई पक्राउ गरेको छ।

उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइ रहेको तथा सो ठगीमा संलग्न अन्य व्यक्तिहरू उपर अनुसन्धान एवम् खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .