ad ad

समाज


सिरहाका सहायक सीडीओको कार्यकक्षमा मिटरब्याज पीडितले कुटे साहु

सिरहाका सहायक सीडीओको कार्यकक्षमा मिटरब्याज पीडितले कुटे साहु

नेपालखबर
माघ ४, २०८० बिहिबार १८:१९, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा मिटरब्याज पीडितले साहुलाई कुटपिट गरेका छन्।

मिटरब्याज पीडितको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले मिलाउनका लागि दुवै पक्षलाई बिहीबार छलफलमा झिकाएको थियो। 

तर छलफलका क्रममा पीडित पक्षबाट आएका कल्याणपुर ११ का अमर यादव लगायतका युवाहरुले साहु सूर्यकुमार यादवको टाउको फुटाएका हुन्।

यस्तै छलफलमा सहभागी महिलाले यादवमाथि चप्पल समेत प्रहार गरेका छन्। प्रहरीले अम्मरलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले बताए। 

सिरहाको गोलबजारका राज कुमार महतोले आफूलाई मिटरब्याज लिएर यादवले पीडित बनाएको भन्दै प्रशासनमा उजुरी गरेका थिए। 

कुटपिटबाट घाइते भएका यादव कानुन व्यवसायी पनि हुन्। उनले महतोलाई ७ लाख रुपैयाँ ऋण दिएपनि पटक पटक कागजात बनाएर गैरकानुनी रुपमा बढी रकम लिएको आरोप छ। छलफलका क्रममा कुटपिट भएपछि सहमति हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .