त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले २०५८ सालपछि थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि थेसिस बुझाउन मौका दिने निर्णय गरेको छ।
२५ पुसमा बसेको प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गतका २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भई सैद्धान्तिक परीक्षा पास गरेका तर थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरिएको त्रिविले जनाएको छ।
हेर्नुहोस् त्रिविले गरेको निर्णय
42
Shares
प्रतिक्रिया