ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
होटल सञ्चालक ललिता भण्डारीलाई जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान उद्योगको कसुरमा शनिबार पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए।
जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य उक्त होटलको स्वीमिङ पुलमा करेन्ट लागेर गम्भीर भएका थिए। उनी अहिले पनि अचेत अवस्थामा छन्।
होटलको छतमा रहेको स्वीमिङ पुलमा परिवारसहित भदौ १५ गते पुगेका सजिलमानलाई करेन्ट लागेपछि तत्तकाल अस्पताल लगिएको थियो।
उनी घाइते भएपछि परिवारले उक्त होटलका सञ्चालकविरुद्ध पुस २९ गते ज्यानसम्बन्धि कसुरमा जाहेरी दिएका थिए।
सोही जाहेरीका आधारमा अदालतबाट पक्राउ अनुमति लिएर शनिबार ललितालाई पक्राउ गरिएको एसपी कार्कीले बताए। आइतबार उनलाई म्याद थपका लागि अदालत लैजाने तयारी छ।
291
Shares
प्रतिक्रिया