ad ad

समाज


गाउँपालिका अध्यक्षलाई कुटपिटमा प्रयोग गाडीसहित दुईजना पक्राउ

गाउँपालिका अध्यक्षलाई कुटपिटमा प्रयोग गाडीसहित दुईजना पक्राउ

नेपालखबर
माघ ७, २०८० आइतबार १४:५, काठमाडौँ

धनुषाको मुखियापट्टी मुसहरिनया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि आक्रमणमा प्रयोग भएको गाडीसहित दुईजना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उक्त स्कोर्पियो गाडीका चालक अशोक राउत र मियाज अलीलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा राउत जनकपुरधाम वडा नम्बर १९ का हुन्। उता मियाज वडा नम्बर ७ निवासी हुन्। 

उनीहरू दुवैलाई जनकपुरधाम-१९ बेङ्गासिहपुरबाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवालेले बताए।

बेंगाशिवपुरबाट प्रहरीले मधेस प्रदेश ०२ ००१च १०४७ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ।

प्रादेशिक अस्पताल जनकपुरधामबाट जिरोमाइलस्थित निवास फर्किने क्रममा अध्यक्ष यादवमाथि बिहीबार राति कुटपिट भएको थियो।

कुटपिटबाट भाइते भएका यादवलाई कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसहितले भेटेर दोषीमाथि कारबाही माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .