ad ad

समाज


बानेश्वरमा सार्वजनिक जग्गा मिचेका चार घरमा महानगरको डोजर

बानेश्वरमा सार्वजनिक जग्गा मिचेका चार घरमा महानगरको डोजर

तस्बिर : महानगर प्रहरी


नेपालखबर
माघ १२, २०८० शुक्रबार १८:४९, काठमाडौँ

 नयाँबानेश्वरस्थित सार्वजनिक जग्गा मिचेर बनाइएका चारवटा घरमा काठमाडौं महानगरपालिकाले शुक्रबार डोजर चलाएको छ।

काठमाडौं महानगरपालिका वडा नं. १० स्थित वडा कार्यालयसँगै सार्वजनिक जग्गा मिचेर बनाइएका ती घरमा डोजर चलाइएको हो।

घरका अगाडितर्फका संरचना बनाउँदा सार्वजनिक जग्गा मिचेको पाइएपछि महानगरले यसअघि नै भत्काउन सार्वजनिक सूचना निकालेको थियो। 

काठमाडौंका नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले यसअघि नै भत्काउन सूचना दिइए पनि अटेर गरेपछि डोजर लगाएर भत्काउनु परेको नेपालखबरलाई बताए। 

उनले डोजर चलाएर केही संरचना भत्काइएको बताउँदै बाँकी संरचना पनि तत्कालै भत्काउन घरधनीहरूलाई निर्देशन दिइएको बताए। 

अन्य घरधनीहरूलाई पनि सार्वजनिक जग्गा मिचेका संरचना भत्काउन सूचित गरिएको बताउँदै उनले यदि अटेर गरे यसैगरी डोजर चलाइने बताए। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .