ad ad

समाज


सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन केन्द्र निरीक्षणमा पुगे रक्षामन्त्री खड्का

सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन केन्द्र निरीक्षणमा पुगे रक्षामन्त्री खड्का

नेपालखबर
माघ १२, २०८० शुक्रबार १९:१०, काठमाडौँ

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

नेपाली सेना बहुव्यवसाय उद्योग-जुत्ता कारखाना, सुन्दरीजल आर्सनल कार्यालय र सुन्दरीजल मिनरल वाटर प्लान्टमा निरीक्षणका क्रममा उनले यस्तो बताएका हुन्।

यस क्षेत्रमा कार्यरत सैनिक तथा गैह्रसैनिक सकलदर्जाको योगदानको उनले प्रशंसा गरे।

हाल भइरहेका कामलाई अझ प्रभावकारी ढंगबाट सम्पादन गर्न तल्लीन रहन र नेपाली सेना तथा सम्बन्धित कार्यालय परिवारलाई उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना पनि खड्काले दिए।

सुन्दरीजल आर्सनल कार्यालय, जुत्ता कारखाना र सुन्दरीजल मिनरल वाटर प्लान्टको स्थापनाले नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धि गर्नुका साथै अत्यावश्यक सैनिक सामग्री उत्पादनमा आत्मनिर्भरता हासिल गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो। 

नेपाली सेनाले हालसम्म प्रयोगमा ल्याइरहेको डिएमएस बुटको साटो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बुट उत्पादन गर्ने लक्ष्य अनुरुप ओरिजिनल फूटवेयर लिमिटेड लायविलिटी कम्पनी (एलएलसी) अमेरिकी कम्पनीबाट ओरिजिनल स्पेसल विपन्स एण्ड ट्याक्टिस बुटको ट्रेडमार्क तथा प्रविधि लिई गुणस्तरीय बुट उत्पादन गर्ने उद्देश्यका साथ स्थापित जुत्ता कारखानाले ठूलो परिमाणमा उत्पादन सुरु गरिसकेकोमा उनी खुसी भए।

आधुनिक प्रविधिबाट बुट उत्पादन गर्न सक्ने क्षमता हुँदा हुँदै पनि पर्याप्त जनशक्ति, तालिम र बजेटको कमीले प्लाण्टलाई पूर्ण क्षमतामा संचालन गर्न कठिनाई देखिएको भन्दै उनले यी समस्या तथा चुनौतीहरुको निराकरणका लागि पहल गर्ने उनले बताए।

निरीक्षणमा प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा समेत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .