ललितपुरको नागबहालमा एकजना विदेशी नागरिकको शव फेला परेको छ।
आज (सोमबार) बिहान नागबहालनजिकै विदेशी महिला मृत भेटिएकी हुन्। उनी जर्मन नागरिक भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले घटनाको जानकारी पाएको बताए। ‘हामी अहिले घटनास्थलमा जाँदैछौँ,’ एसपी कार्कीले नेपालखबरसँग भने।
उनी एक वर्षदेखि नागबहाल क्षेत्रमै बस्दै आएको स्थानीयले बताएका छन्। घटनाकाे विस्तृत विवरण आउँन बाँकी छ।
732
Shares
प्रतिक्रिया