ad ad

समाज


सरकारी मिडियालाई सरकारकै भजनमण्डली जस्तो बुझियो : सञ्चारमन्त्री शर्मा

सरकारी मिडियालाई सरकारकै भजनमण्डली जस्तो बुझियो : सञ्चारमन्त्री शर्मा

नेपालखबर
माघ १५, २०८० सोमबार १२:५७, काठमाडौँ

सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारी मिडियालाई सरकारकै भजनमण्डली जस्तो बुझ्ने गरिएको बताएकी छन्।

उनले त्यो बुझाईलाई अन्त्य गर्ने गरी तयारी भइरहेको बताएकी छन्। सोमबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिमा बोल्दै उनले सरकारी सञ्चारमाध्यमबारे यस्तो बताएकी हुन्। 

समितिको सोमबारको बैठकमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकबारे छलफल भइरहेको छ। 

उक्त छलफलमा भाग लिँदै उनले भनिन्, ‘सरकारी सञ्चारमाध्यमलाई भजनमण्डली जसरी बुझ्ने वा ग्रहण गर्ने अवस्था थियो। पछिल्लो समय सरकारी सञ्चारमाध्यमले जनताका कुरा पनि बोल्न सक्नुपर्छ भनेर लागेका छौँ’, उनले भनिन्।

समितिमा छलफल भइरहेको यो विधेयकमा ७६ वटा संशोधन प्रस्ताव परेका छन।

मन्त्री शर्माले सरकारमातहतका रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरि यो विधेयक ल्याइएको पनि बताइन्।

‘रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने र जनौत्तरदायी बनाउनै पर्छ,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .