अहिले (बिहीबार राति) देशभर मौसम बदली (आकाशमा बादल) भई पहाडी क्षेत्रका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। यस क्रममा पहाडी भूभागका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ।
महाशाखाले भनेको छ, ‘साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।’
हेर्नुहोस मौसम विभागले फेसबुकमार्फत जारी गरेको सूचना–
288
Shares
प्रतिक्रिया