पूर्वयुवराज्ञी हिमानी शाहले आफ्ना केही निजी कुरा खोल्दै अन्तर्वार्ता दिएकी छन्।
भीएफवाई टक्स नामको युट्युब च्यानलमा बलिउड अभिनेतृ मनीषा कोइरालासँगको संवादका क्रममा उनले भनेकी छन्, ‘म एकल अभिभावकबाट हुर्किएँ। आमा चाँडै बित्नुभयो। बुवाले नै सबै कुरा हेर्नुभयो।’
आफू ६ वर्षकी छँदा आमा स्वर्गे भएको र आफ्ना ३ जना दिदीबहिनी रहेको उनले बताएकी छन्। तीन जना बहिनीहरु साथीजस्तै भएर हुर्किएको उनले बताइन्।
‘तीन जनामा म पढाइमा कम थिएँ होला। जेठी दिदी मनोविज्ञ, बहिनी छालारोग विशेषज्ञ हुनुहुन्छ,’ उनले भनेकी छन्, ‘मैले भने १२ कक्षासम्म मात्र पढेँ। त्यसपछि बिहा भइहाल्यो।’
हिमानी पूर्वयुवराज पासकी श्रीमती हुन्।
उनी भारतको राजस्थानस्थित सिकरका सूर्यवंशी राजकुलका राओ राजा विक्रम सिंह र रानी विपुला सिंहकी छोरी हुन्।
9.3k
Shares
प्रतिक्रिया