बैंकिङ कसुरमा दोषी ठहर एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका साविक वडा नं. ११ (हाल वडा नं ६) बस्ने घराना डेभलपर्स प्रालिका सञ्चालक मन्दिरा केसी (कार्की) रहेकी छन्।
बैंकिङ कसुर मुद्दामा साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई ३ वर्ष कैद र ४ करोड रुपैया जरिवाना हुने ठहर गरेको थियो।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिरा केसी सञ्चालक रहेको घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको भक्तपुर साविक चाँगुनारायण गाविस–७ र ९ स्थित जग्गाहरु धितो राखि प्राप्त गरेको कर्जा तोकिएको परियोजनामा लगानी नगरी दुरुपयोग गरेको प्रहरीले जनाएको छ।
फरार रहेकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले माघ २० गते बनेपाबाट पक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
Shares
प्रतिक्रिया