ad ad

समाज


छोरा-छोरी निदाएछन् भनेर छिमेकी फर्किए, पछि थाहा भयो बेहोस् रहेछन्

छोरा-छोरी निदाएछन् भनेर छिमेकी फर्किए, पछि थाहा भयो बेहोस् रहेछन्

नेपालखबर
माघ २८, २०८० आइतबार २२:११, काठमाडौँ

शनिबार दिउँसो ललितपुरको इमाडोलस्थित चारतले घरबाट रविना महर्जनले हामफालिन्। हामफालेर गम्भीर अवस्थामा पुगेकी ३६ वर्षीया रविनालाई स्थानीयले तत्काल किष्ट अस्पतालमा पुर्‍याए।

महिलालाई अस्पताल लगेपछि स्थानीय उनको कोठामा पुगेका थिए। कोठामा ६ वर्षका छोरा र २ वर्षकी छोरी सुतिरहेका देखिन्थे। सुरुमा त उनीहरुले निदाइरहेका रहेछन् भन्ठानेर नबोलाई फर्किए।

तर पछि अर्को टोलि कोठामा पुग्यो।

‘बोलाउँदा र घचघच्याउँदा पनि नबोले पछि  बल्ल थाहा भएछ बेहोस् भएको’, ललितपुरका एक प्रहरी अधिकारीले भने, ‘सुरुमा त निदाएका रहेछन् भनेर नचलाई छाडेर फर्किएछन्।’

रविनाका श्रीमान साउण्ड सिस्टममा काम गर्छन्। शनिबार पनि उनी विहानै कार्यक्रमका लागि गएका थिए।

स्थानीय र प्रहरीले दुई बालबच्चालाई पनि अस्पताल लगे। तर अस्पताल लैजानासाथ डाक्टरले मृत घोषणा गरे। केहीबेरमा रविनाको पनि मृत्यु भयो।

श्रीमानले भने उनीहरुलाई अस्पताल लगेपछि मात्रै थाहा पाएका थिए। विक्षिप्त अवस्थामा उनी पनि अस्पताल पुगे। प्रहरीले उनीसँग सोधपुछ गरेको छैन। अन्य हिसावले नै अनुसन्धान गरिरहेको छ। अहिलेसम्म घटनाको वास्तविक कारण पत्ता लागिसकेको छैन।

तर प्रारम्भिक रुपमा प्रहरीको अनुमान भने महिलाले छोराछोरीको हत्या गरेर आफू हामफालेको अनुमान गरेको छ।

‘भिसेरा परीक्षणका लागि पठाइएको छ। पोष्टमार्टमको रिपोर्ट पनि आउन बाँकी छ। तर प्रारम्भिक रुपमा हेर्दा महिलाले छोराछोरीको हत्या गरेर आफू आत्महत्या गरेको जस्तो देखिन्छ’, घटनाको अनुसन्धान गरिरहेका ती प्रहरी अधिकारीले भने।

बच्चाहरुको सास बन्द गराइदिएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। तर विष खुवाएको हुनसक्ने आशंकामा भिसेरा परीक्षणका लागि पठाइएको छ।

ललितपुरका एसपी नवराज कार्कीले भने घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्टपछि सबै कुरा खुल्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .