ad ad

समाज


प्रशासन सेवातर्फ २१७ जना अधिकृत सिफारिस (सूचीसहित)

प्रशासन सेवातर्फ २१७ जना अधिकृत सिफारिस (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८० मंगलबार १५:३८, काठमाडौँ

लोकसेवा आयोगले प्रशासन सेवातर्फ २ सय १७ जना शाखा अधिकृत नियुक्तिका लागि सिफारिस गरेको छ।

आयोगको विज्ञापन नम्बर १६६९९।०७९/८० (खुला), १६७००।०७९/८० (महिला), १६७०१।०७९/८० (आदिवासी जनजाति), १६७०२।०७९/८० (मधेसी), १६७०३।०७९/८० (दलित), १६७०४।०७९/८० (अपाङ्ग) र १६७०५।०७९/८० (पिछडिएको क्षेत्र) तर्फ २ सय १७ जनाको नाम नियुक्तिका लागि सिफारिस गरिएको हो।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखापरीक्षण सेवा र सङ्घीय संसद सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा नियुक्तिका लागि सिफारिस भएको हो।

आयोगले अन्तर्वार्ता र लिखित दुवैमा सफल भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा उनीहरूको नाम मंगलबार प्रकाशित गरेको हो। 

कुन क्षेत्रबाट कति?
खुलातर्फ : १०५ 

महिलातर्फ : २८ जना
आदिवासी जनजातितर्फ : २५ जना
मधेसीतर्फ : ३५ जना
दलिततर्फ : १५ जना
अपांगतर्फ : ५ जना
सबै क्षेत्रबाट : २१७ जना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .