ad ad

समाज


पाल्पा दुर्घटना अपडेट : १० जनाको मृत्यु, १६ घाइते (नामावलीसहित)

पाल्पा दुर्घटना अपडेट : १० जनाको मृत्यु, १६ घाइते (नामावलीसहित)

नेपालखबर
फागुन १, २०८० मंगलबार २१:५९, काठमाडौँ

पाल्पाको चिदिसामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३३ वर्षका रामबहादुर अस्लामी र उर्मिला अस्लामी छन्।

अन्यको परिचय खुल्न बाँकी छ। दुर्घटनामा १६ जना घाइते भएका छन्।

घाइतेहरूको लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

यी हुन् घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .