ad ad

समाज


क्यानाडामा कार दुर्घटना हुँदा २ जना नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते

क्यानाडामा कार दुर्घटना हुँदा २ जना नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते

कार दुर्घटनास्थल (तस्बिर : सीटीभी न्युज)


नेपालखबर
फागुन २, २०८० बुधबार ७:२, काठमाडौँ

क्यानाडाको ओन्टारियोमा विद्यार्थी सवार कार दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। 

मंगलबार साँझ भएको उक्त दुर्घटनामा अन्य ८ विद्यार्थी घाइते भएका छन्। मृतक र घाइतेको नाम प्रहरीले सार्वजनिक गरेको छैन। मृतकमध्ये एक युवक र एक युवती रहेका प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकका परिवारलाई पहिले जानकारी दिएर मात्रै आधिकारिक रुपमा मृतकको नाम सार्वजनिक गरिने त्यहाँको प्रहरीले जनाएको छ।

ओभरटेक गर्ने क्रममा तीनवटा कार आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाई छ। दुर्घटनापछि कार चालक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।

नियमति काममा जाँदै गरेका नेपाली विद्यार्थी सवार कार दुर्घटनामा परेको हो। 

दुर्घटनापछि लन्डन क्षेत्र बस्दै आएका नेपाली विद्यार्थी स्तब्ध भएका छन्। घाइते आठ जनामध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .