ad ad

समाज


चिनियाँ नव वर्षको अवसरमा हाँडीगाउँमा विशेष कार्यक्रम

चिनियाँ नव वर्षको अवसरमा हाँडीगाउँमा विशेष कार्यक्रम

नेपालखबर
फागुन ३, २०८० बिहिबार ८:५२, काठमाडौँ

काठमाडौँको हाँडीगाउँमा चिनियाँ नव वर्ष (चिनियाँ लुनार नव वर्ष २०२४) को अवसरमा विशेष कार्यक्रम गरिएको छ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग पनि सहभागी थिए। पुरातत्वविद्ले  हाँडिगाउँ नेपाल-चीन सम्बन्ध जोड्ने सेतुको एतिहासिक स्थल भएको बताउँदै आएका छन्।

कार्यक्रममा चिनियाँ राजदुत छेन सोङ्गले कार्यक्रमले नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

‘आगामी वर्ष नेपाल-चीन कुटनितिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ। त्यस अवसरमा नेपाल र चीनका जनताबीच रहिआएको कसिलो सम्बन्धलाई झन् घनिभुत पार्न थप विशेष कार्यक्रमहरु गरिने छन्’ उनले भने। 

कार्यक्रममा युनान विश्वविद्यालयका स्नातक तहका विद्यार्थीले आकर्षक ड्रागन र ड्रम नृत्य प्रस्तुत गर्नाका साथै यसको परेड पनि गरिएको थियो।

कार्यक्रम काठमाडौँ स्थित चिनियाँ दुतावास, चीन समुद्रपार संगठन, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगर पालिकाले संयुक्त रुपमा आयोजना गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .