ad ad

समाज


कपिलवस्तु दुर्घटना : मृतक १० जनाकै सनाखत, ६ जना भीमदत्त नगरपालिकाका (मृतक र घाइतेको नामावली)

कपिलवस्तु दुर्घटना : मृतक १० जनाकै सनाखत, ६ जना भीमदत्त नगरपालिकाका (मृतक र घाइतेको नामावली)

नेपालखबर
फागुन ३, २०८० बिहिबार १०:३४, काठमाडौँ

गएराति कपिलबस्तुमा बस दुर्घटना हुँदा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ। 

पूर्वपश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै गएराति १२ बजे सुदूरपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

सुनौलो महाकाली यातायातद्वारा सञ्चालित उक्त बस महेन्द्रनगरबाट ४० जना यात्रु लिएर काठमाडौँ आउँदै थियो। 

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी डीएसपी हरिबहादुर ओलीले नेपालखबरलाई दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ। 

दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको चन्द्रपुर नगरपालिका ३ पौराहीका ४६ वर्षीय नारायण भण्डारी, सल्यानको सेमिखाल- ३ का ४१ वर्षीय अर्जुनकुमार योगी, भारतको उत्तर प्रदेशका ५५ वर्षीय सकिल अहमद मुसलमान, कञ्चनपुरको महेन्द्रनगर- १ का करिव २७ वर्षीय राहुल राम कामी, कञ्चनपुरकै भिमदत्त नगरपालिका- ४ का करिब १७ वर्षीय किशोर उमेश भण्डारी, भिमदत्त- ६ कf २७ वर्षीय सञ्जु थापा (महिला), भिमदत्तकै २१ वर्षीया खगेश्वरी खाती, भिमदत्त- २ का २२ वर्षीय सुदीप भट्ट, कञ्चनपुरकै पुनर्वास नगरपालिका- ९ बीचफाँटाकी विमला देवी भट्ट र सोही ठाउँका विसन दत्त भट्ट छन्। 

उनीहरुमध्ये धेरैको घटनास्थलमै र केहीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते हुने २८ जनामध्ये गम्भीर अवस्थाका ९ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ।

यी हुन् दुर्घटनाका गम्भीर घाइते
गम्भीर घाइते ९ जनालाई बुटवल रेफर गरिएको छ। उनीहरुको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। 

बुटवल रेफर हुनेमा नेपाली सेनामा कार्यरत लोकबहादुर कार्की, दुर्घटनामा परेको बसका चालक कञ्चनपुरका पूर्णबहादुर चन्द, सोही बसका सहचालक कञ्चनपुरकै केशव हमाल, कैलाली बेलडागीका २४ वर्षीय महेश सुनार, राप्ती सोनारी- २ बाँकेका २३ वर्षीय सुशिल कुँवर, गुल्मी मालिका- ७ का २९ वर्षीय अर्जुन कार्की, भीमदत्त नगरपालिका कञ्चपुरका सन्तोष चौधरी, बैतडीका २२ वर्षीय राजेश दयाल र मितेस सुनार छन्। 

यी हुन् अन्य घाइते
गोरखाको शहिद लखन गाउँपालिका –७ वस्ने वर्ष ३० का मनोज विक, दार्चुलाको शैल्य शिखर नगरपालिका–३ का २४ वर्षीय नवीन भट्ट नेपाली, कन्चनपुरकाे भीमदत्त न.पा. १४ वस्ने वर्ष ३३ की गिता कुँवर, उनका छोरा वर्ष १२ का नवीन कुँवर, ओखलढंगा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ का बिसन भुजेल, कन्चन्पुरकाे शुक्लाफाँटा न.पा. ११ वस्ने वर्ष ३१ का मोहन सिङ लोहार, काठमाडौँ माहानगरपालिका– ३ वस्ने वर्ष ४१ का अनिल तन्डुकार, कन्चनपुरकै भीमदत्त न.पा. १६ वस्ने वर्ष ५४ की नारायणी थापा, साेही ठाउँका वर्ष २८ का दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा न.पा.–१ वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भीमदत्त न.पा.–१८ वस्ने वर्ष ४१ की शान्ति सिङ, कैलालीका वर्ष ३२ को गणेश काफ्ले, उनकी श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनीहरुकी छोरी वर्ष ३ कि सृष्टि, भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ का मोहमद रिजन, भारतकै वर्ष ५४ का अनिस मनियार, धादिङ सिप्ले गा.पा.–२ वस्ने वर्ष २५ का कृष्ण नेपाली, कन्चनपुर भीमदत्त न.पा. १९ बस्ने बर्ष २० का सुमन बिष्ट, कन्चनपुर भीमदत्त न.पा. – १ बस्ने वर्ष २० का मनोज सिँह धामी, साेही ठाउँका वर्ष २० का अशोक सिंह र कन्चनपुर भीमदत्त न.पा. ४ बस्ने वर्ष ३६ का ज्ञानेन्द्र पाल छन्। 

उनीहरु सबैकाे स्थानीय अस्पातालहरुमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .