सेती नदीमा बेपत्ता पोखरा महानगरपालिका वडा नं.१ सिम्पानीका सार्की लामा तामाङ (मानबहादुर तामाङ) को खोजी गर्न नदीको ड्याम खोलिने भएको छ।
फागुन १३ गते साँझ माछा मार्न जानेक्रममा सेती नदीले बगाई बेपत्ता भएका तामाङ १४ गते नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको टोलीले खोजतलास गर्दा फेला नपरेपछि ड्याम खोल्न लागिएको हो।
आफन्तको आग्रह बमोजिम १७ गते विहान ८ बजेको समयमा पोखरा महानगरपालिका–१६ दिपस्थित रहको ड्याम खोली सेती नदीमा पानीको बहाव बढाई खोजतलास गरिने प्रहरीले जनाएको छ।
उक्त मिति र समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्न, नदीको किनारमा नजान र सुरक्षा सतर्कता अपनान प्रहरीले सूचित गरेको छ।
135
Shares
प्रतिक्रिया