ad ad

समाज


पशुपतिनाथमा आएका साधुसन्तलाई १ देखि ९ हजारसम्म बाटो खर्च

पशुपतिनाथमा आएका साधुसन्तलाई १ देखि ९ हजारसम्म बाटो खर्च

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८० आइतबार १७:४, काठमाडौँ

महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाई सुरु गरिएको छ। 

आइतबार बिहान ११ बजेदेखि साधुसन्त बिदाइ कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए।

उनका अनुसार साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिएको हो। 

उनले बाबाहरुलाई स्तरअनुसार एक हजारदेखि नौ हजारसम्म दिने निर्णय भएको बताएका छन्। 

पशुपति क्षेत्र विकास कोषले स्वदेश तथा विदेशबाट आएका साधुलाई पाशुपत क्षेत्रमा खीर खुवाएर, दानभेटी, मिष्ठान्नप्रसाद दिएर बिदा गर्ने चलन रहेको जनाएको छ।

बिदाइ गर्दा गुठी संस्थानले बाबाहरुलाई दक्षिणा दिने प्रचलन छ।  

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .