ad ad

समाज


एसईई दिने विद्यार्थीको १० वर्षभित्र सहसचिव बन्ने संकल्प: केपी ओलीले यसरी गरे प्रशंसा

एसईई दिने विद्यार्थीको १० वर्षभित्र सहसचिव बन्ने संकल्प: केपी ओलीले यसरी गरे प्रशंसा

नेपालखबर
चैत ७, २०८० बुधबार ७:४८, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा एसईईको तयारीमा रहेकी एक छात्राले सरकारी जागिरप्रति गरेको संकल्प भाइरल भइरहेको छ। 

‘कक्षा १० को पढाई पूरा गरेर एसईईको तयारीमा रहेकी ती छात्राको सर्टको पछाडि लेखिएको छ- २०८२ मा खरिदार, २०८३ मा नायव सुब्बा, २०८५ मा शाखा अधिकृत र २०९० मा सहसचिव!

उच्च शिक्षा पूरा नहुँदै पढाई र रोजगारीको लागि देशवाट युवायुवतीहरु विदेश जाने लहर चलिरहेको बेला एसईईको तयारीमा रहेका विद्यार्थीले विदेश नगएर स्वदेशमै केही गर्ने संकल्प गर्नु आफैँमा सकारात्मक सन्देश हो। 

सोही सन्देशसहितको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि त्यसप्रति प्रसन्नता व्यक्त गरेका छन्। 

उनले विद्यार्थीमा देशमै केही गर्ने सकारात्मक उर्जाको विकास हुनुपर्नेमा पनि जोड दिएका छन्। 

‘यी नानी लगायत हजारौँ विद्यार्थी एसईई परीक्षाको तयारीमा छन्। यीनले स्कूलको बिदाइ समारोहमा आफ्नो पोशाकमा १० वर्षभित्र सहसचिव बनेर सेवा गर्ने लेखेकी छिन्। यो सकारात्मक इच्छा हो,’ ओलीले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘गतवर्ष यही समयमा ‘विदेशमा भेटौँला’ भन्ने लेखिएको तस्बिर देखेको थिएँ। विदेश जानु पनि नराम्रो होइन, तर स्वदेशमै उद्यम र सेवा गर्नु त्यो भन्दा राम्रो हो।’ 

एमाले अध्यक्ष ओलीले एसईई परीक्षाको तयारीमा रहेका सबै भाइबहिनीहरूलाई सफलताको शुभकामना  पनि दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .