ललितपुरमा सोमबार राति दुई युवाको हत्या सम्बन्धी घटनाको विस्तृत विवरण प्रहरीले आज सार्वजनिक गर्ने भएको छ।
ललितपुर महानगरपालिका-२६ ढोलाहिटी, राजकुलो ओसिस मार्गमा सोमबार रराति छुरा प्रहार गरी दुई युवाको हत्या भएको थियो।
सुरुमा प्रहरीले होली पछिको ‘ग्याङ फाइट’मा दुई युवाले ज्यान गुमाएका भने पनि अनुसन्धानका क्रममा उनीहरुको हत्या होटल सञ्चालकले छुरा प्रहार गर्दा भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।
आइतबार राति करिब ११ बजे ढोलाहिटीस्थित डी पोपिना होटलमा भएको घटनामा पाँचथर घर भई हाल खुमलटार बस्ने २९ वर्षीय पुजन राई र सुनसरीको धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबश राईको मृत्यु भएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ।
816
Shares
प्रतिक्रिया