ad ad

समाज


डोल्पामा ब्यारेकबाट सल्किएको आगो निभाउने क्रममा सेनाका ४ जवान जलेर घाइते

डोल्पामा ब्यारेकबाट सल्किएको आगो निभाउने क्रममा सेनाका ४ जवान जलेर घाइते

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०८० सोमबार १३:३३, काठमाडौँ

डोल्पा सदरमुकाम दुनैमा नेपाली सेनाको ब्यारेकबाट सल्किएको आगो निभाउने क्रममा ४ जना जवान घाइते भएका छन्। 

सेनाको असावधानीका कारण लागेको आगो आइतबारदेखि एउटा सामुदायिक वनमा फैलिएको थियो। डढेलोका कारण उक्त वनमा पनि ठूलो क्षति भएको छ। 

सदरमुकाम दुनैस्थित सेनाको देवीदत्त गण 'क' भदालेका सैनिक जवानहरूले ब्यारेक क्षेत्रको फोहोर व्यवस्थापन गर्न लगाएको आगो सामुदायिक वनमा फैलिएको थियो।

उक्त आगो निभाउने क्रममा सेनाका चारजना जवान जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिप्रका डोल्पाका एक अधिकारीका अनुसार डढेलो लागेको स्थानमा प्रहरीको टोली पनि पुगेको छ।

'सेनाका जवान जलेर घाइते भएको सूचना आएपछि हामी घटनास्थलमा पुगेका छौँ', ती अधिकारीले भने, 'विस्तृत विवरण संकलन गरिरहेका छौँ।'

प्रहरीका अनुसार डढेलो निभाउने क्रममा जलेर घाइते चारमध्ये तीन सैनिको अवस्था गम्भीर छ। एकजनालाई मध्यमस्तरको चोट छ।

घाइते चारैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाइएको प्रहरीले जानकारी दिएको छ

यही आइतबार दिउँसो सेनाले ब्यारेक सफाइ गर्ने क्रममा आगो लागेको थियो। उक्त आगो ठूलीभेरी नगरपालिका-४ स्थित मष्टा भवानी सामुदायिक वनमा फैलिएको थियो।

चैत महिना हावाहुरी चल्ने समय हो। यस्तोमा सेनाले फोहोरमा आगो लगाएर ख्याल नगर्दा सामुदायिक वनमा ठूलो क्षति भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .