ad ad

समाज


जब उड्न तयार भइसकेको जहाजबाट इन्धन चुहियो...

जब उड्न तयार भइसकेको जहाजबाट इन्धन चुहियो...

नेपालखबर
चैत २६, २०८० सोमबार २२:२०, काठमाडौँ

धनगढी विमानस्थलबाट बझाङका लागि सोमबार उड्न तयार समिट एयरको जहाज सम्भावित दुर्घटनाबाट बचेको छ।

जहाजको दुवैतिरको पंखानजिकबाट इन्धन चुहिएपछि उड्न तयार जहाज ग्राउन्डेड गरिएको छ। उड्न ठीक्क जहाजको इन्जिनबाट इन्धन चुहिएको देखिएपछि ग्राउन्डेड गरेर मर्मत गर्न प्राविधिक झिकाइएको छ।

समिट एयरको नाइन एनएमजी कल साइनको उक्त जहाजमा इन्धन चुहिएकोबारे चालक दलका सदस्यले पनि थाहा नपाएको यात्रुहरूले बताएका छन्। 

जहाजमा सवार एकजना यात्रु अशोकबहादुर सिंहले इन्धन चुहिएको खबर परिचारिकालाई दिएपछि चालक दलका सदस्यले थाहा पाएका थिए। त्यसपछि विमानमा प्राविधिक समस्या आएको निष्कर्षसहित यात्रुलाई रोकेर मर्मतमा लागि ग्राउन्डेड गरिएको हो। 

उड्न लागेको इन्धन चुहिएको देखिएपछि चालक दलका सदस्यले तत्कालै इन्जिन बन्द गरेका थिए। त्यसपछि बझाङको सोमबारको उडान रद्ध गरियो। 

जहाजको इन्जिन बन्द गरिएपछि विमानस्थलस्थित अग्नि नियन्त्रकको टोलीले निरीक्षण गरेको थियो।

अब उक्त जहाजको काठमाडौंबाट इन्जिनियर आएर मर्मतपछि मात्रै उडानका लागि तयार हुने समिट एयरका अधिकारीले जानकारी दिएका छन्। 

समिट एयरका एक अधिकारीका अनुसार प्रारम्भिक जाँचमा दुवैतर्फबाट इन्धन चुहिएको भेटिएको छ। 

समिट एयरका एकजना कर्मचारी रोशन सिंहले काठमाडौंबाट इन्जिनियर आएर मर्मत गरेपछि उडान हुने जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .