नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिइएको छ।
गण्डकी प्रदेशको राजधानी पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई जंगी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ता तोकेको हो।
वर्तमान प्रवक्ता कृष्णप्रसाद भण्डारीलाई जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा गरिएको छ।
भण्डारीले केही दिनमै सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने भएका छन्।
168
Shares
प्रतिक्रिया