मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बिहीबार बिहान प्रहरीले बरामद गरेको छ।
उक्त स्थानमा हात हतियारमा प्रयोग हुने गोली माटोमुनि गाडेर राखेको खबर आएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले जनप्रतिनिधिको खनेर हेर्दा पेस्तोलमा प्रयोग हुने गोली फेला पारेको हो।
246
Shares
प्रतिक्रिया