आज (आइतबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षासँगै हावाहुरी पनि आउने अनुमान मौसमविद्ले गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसोपछि कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षासँगै हावाहुरी चल्ने सम्भावना पनि देखिएको हो।
‘यी प्रदेशका पहाडी भेगमा भन्दा तराईमा अलि बढी वेगको हावाहुरी आउने सम्भावना देखिएको छ’, मौसमविद् मानन्धरले भनिन्।
उनका अनुसार यस क्रममा आज दिउँसो काठमाडौँ उपत्यकामा पनि छिटपुटदेखि हल्कासम्म वर्षा हुने तथा हावाहुरी पनि आउने सम्भावना छ।
‘हावाहुरी आउने सम्भावना रहेका स्थानमा मानिसले सजगता अपनाउन जरुरी छ’, उनले भनिन्।
1.8k
Shares
प्रतिक्रिया