धादिङको निलकण्ठमा मालवाहक ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतबार बिहान नौ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो।
रासायनिक मल बोकेर पतेनी बेँसीतिर जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ।
दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लगिएको छ। दुर्घटनाकाे विस्तृत विवरणा आउँन बाँकी छ।
465
Shares
प्रतिक्रिया