इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घर वा आश्रयस्थलबाट बाहिर ननिस्कन भनेको छ।
इजरायलमाथि इरानी हमला सुरु भएपछि तेल अबिबस्थित नेपाली दूतावासले यो सूचना जारी गरेको हो।
दूतावासको सूचनामा लेखिएको छ, ‘हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्। आगामी सोमबार राती ११ बजे सम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं।’
दूतावासले आपतकालीन अवस्थाका लागि तलका नम्बरमा सम्पर्क गर्न पनि सूचित गरेको छ
१. कुमारबहादुर श्रेष्ठ, द्वितीय सचिव- ०५२८ २८९ ३००
२. सञ्जयकुमार साह, सहचारी- ०५४५ ५८२ ०७७
- इजरायलको आरोप: हमासले युद्धविराम गर्न मानेन, इरानसँग मिलेर तनाव बढाइरहेको छ
- बाइडेनको दाबी: हाम्रो सहयोगमा इजरायलले इरानले प्रहार गरेका सबै मिसाइल र ड्रोन खसाल्यो
- दर्जनौँ मिसाइल र ड्रोन प्रहारपछि इरानले भन्यो- इजरायलको ‘निरन्तर अपराध’विरुद्ध आक्रमण (भिडिओ)
- इरानले इजरायलमा आक्रमण गरेपछि ह्वाइट हाउसमा आकस्मिक बैठक, बाइडेनले के भने?
- इरानले आक्रमण गरेपछि इजरायलका प्रधानमन्त्रीले गरे बाइडेनलाई फोन
Shares
प्रतिक्रिया