देशभर तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित बनेको छ।
तापक्रम बढ्दै जाँदा तराई मधेशका जिल्लामा तालो हावा (लु) चल्न थालेको छ। जसको कारण तराई मधेस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।
आइतबार भैरहवा र जनकपुरको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो भैरहवामा अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस मापन भएको छ।
त्यसैगरीमा जनकपुरमा ४०.२, धनगढीमा ३८.५, नेपालगन्जमा ३८.४ र सिमरामा ३९.२ डिग्री सेल्सियस मापन भएको छ।
काठमाडौँमा आइतबार अधिकतम तापक्रम ३३.५ डिग्री मापन भएको छ।
हेर्नुस् आइतबार देशका १५ ठाउँको अधिकतम र न्यूनतम तापक्रम
1.5k
Shares
प्रतिक्रिया