ad ad

समाज


सर्वसाधारणको स्वास्थ्य उपचारमा मनपरी नगर: काठमाडौँ महानगरपालिका

सर्वसाधारणको स्वास्थ्य उपचारमा मनपरी नगर: काठमाडौँ महानगरपालिका

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८१ शनिबार ८:१५, काठमाडौँ

नियमानुसार अस्पताल तथा सामुदायिक विद्यालयहरुमा बसेर स्वास्थ्य सेवा नदिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी काठमाडौँ महानगरपालिकाको दिएको छ। 

महानगरको स्वास्थ्य विभागले आज (शनिबार) सूचना जारी गर्दै नगर क्षेत्रमा सञ्चालिन शिक्षण संस्था र अस्पतालहरुमा कार्यरत शिक्षक, प्रशिक्षक र कर्मचारीहरुलाई स्वास्थ्य सेवा नियमित गर्न भन्दै महानगरले अन्यथा कारबाही गर्ने चेतावनी दिएको हो। 

सर्वसाधारणलाई स्वास्थ्य सेवासमेत प्रवाह गर्ने सर्तमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित शिक्षण संस्थाहरुमा आवद्ध अस्पतालहरुमा स्वास्थ्य सेवा लिन जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नभेटिने, उनीहरु आफ्नो जिम्मेवारी भन्दा बाहिरको व्यक्तिगत काममा जाने गरेको जनगुनासो प्राप्त भएको महानगरपालिकाले जनाएको छ। 

‘अस्पतालहरुमा शल्यक्रिया, सीटी स्क्यान, एमआरआई जस्ता सेवाका लागि महिनौँसम्म कुर्नुपर्ने गुनासो पनि सर्वसाधारणबाट आएको छ,’ महानगरको सूचनामा भनिएको छ,  ‘ऐन नियमअनुसार चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक र कर्मचारीहरुले प्रचलित कानुनी व्यवस्था अनुसार आफूलाई खटाएको ठाउँमा गएर नियमित काम गर्न सम्बद्ध व्यक्ति, पदाधिकारी तथा संस्थालाई महानगर हार्दिक अपिल गर्न चाहन्छ।’

कानुनी व्यवस्था बमोजिम सर्वसाधारणहरुले अस्पतालहरुबाट सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेमा वा विद्यमान कानुनी व्यवस्थाको उलंघन भएको देखिएमा अनुगमन तथा नियमनको माध्यमबाट प्रचलित कानुनी व्यवस्था बमोजिम त्यस्ता व्यक्ति तथा संस्थालाई कारबाही गर्ने चेतावनीसमेत महानगरले दिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .