ad ad

समाज


कामिरिता २९औँ पटक सगरमाथा शिखरमा, पूर्णिमा दोस्रोपटक

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा, पूर्णिमा दोस्रोपटक

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १०:१४, पोखरा

कीर्तिमानी आरोही कामिरिता शेर्पाले २९ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। 

आइतबार बिहान कामिरिता २९ पटक सगरमाथाको शिखरमा पुग्दा अर्की आरोही तथा पूर्वपत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन्।
 
कामिरिताले सन् १९९४ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए। 

सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेका आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 

कामिरिता गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथा शिखर पुगेका थिए। सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा थालेका थिए। 

५४ वर्षीय कामिरिताले सगरमाथाका साथै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालकोसमेत सफल आरोहण गरिसकेका छन्। 

पूर्णिमा भने सन् २०१८ मा पहिलोपटक सर्वोच्च शिखमा पुगेकी थिइन्। 

पूर्णिमाले के–टुसहित ८ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरिसकेकी छन्। 

वसन्त ऋतुको आरोहण खुलेसँगै आजमात्रै थुप्रै आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। केही आराेही अहिले पनि बाटोमै छन्। 

आइसफल डाक्टरहरुको १० जनाको समूहले आरोहणसँगै आरोहीको लागि डोरी टाँगेपछि यो वर्षको वासन्तीय आरोहण सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .