ad ad

समाज


राजधानीका सरकारी अस्पतालमा दुई सिफ्टमा उपचार हुने

राजधानीका सरकारी अस्पतालमा दुई सिफ्टमा उपचार हुने

नेपालखबर
जेठ १, २०८१ मंगलबार १७:२७, काठमाडौँ

सरकारले राजधानीमा रहेका सरकारी अस्पतालमा दुई सिफ्टमा उपचार गराउने भएको छ।

दैनिक बिरामीको चाप बढेको र समयमै उपचार नपाएको गुनासो आएपछि सरकारले विहान र साँझ उपचार गर्ने योजना अघि बढाएको सरकारले बताएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्मा पेश गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रममा सङ्‍घीय अस्पतालहरूलाई कार्यबोझको आधारमा पुनस्संरचना गरिने बताए।

‘वीर अस्पताल, राष्‍ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत पर्याप्‍त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्‍ग सेवा सञ्‍चालन गरिनेछ।

कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्‍नति गरी सुविधासम्पन्‍न बनाइनेछ,’ पौडेलले नीति तथा कार्यक्रममा भने, ‘ सहिद गङ्‍गालाल राष्‍ट्रिय हृदय केन्द्रलाई हृदयरोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रूपमा विकास गरिनेछ।’

त्यस्तै, तीनै तहका स्वास्थ्य सेवा प्रणाली, भौतिक पूर्वाधार, जनशक्ति र स्रोतसाधनको एकीकृत एवम् समन्वयात्मक परिचालन गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘सङ्‍घ, प्रदेश र स्थानीय तहबाट प्रवाह हुने स्वास्थ्यसेवाको वर्गीकरण गरिनेछ,,’ नीति तथा कार्यक्रममा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .