ad ad

समाज


पोखरामा सूर्यदर्शनभन्दा ठूलो सहकारी ठगी : डेढ अर्ब हिनामिना, अध्यक्षसहित ८ सञ्चालक पक्राउ

पोखरामा सूर्यदर्शनभन्दा ठूलो सहकारी ठगी : डेढ अर्ब हिनामिना, अध्यक्षसहित ८ सञ्चालक पक्राउ

नेपालखबर
जेठ १, २०८१ मंगलबार १९:१४, काठमाडौँ

कास्की प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ८ जना सञ्चालकलाई पक्राउ गरेको छ। ती सञ्चालकहरूले १ अर्ब ५४ करोड १५ लाख रूपैयाँ अपचलन गरेको भेटिएको छ।

यो ठगी गृहमन्त्री रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको भन्दा ठूलो हो।

सूर्यदर्शनले पोखराका १९ हजार बचतकर्ताको १ अर्ब ५३ करोड रुपैयाँ ठगी गरेको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।

सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले बचतकर्ताको उजुरीको आधारमा मंगलबार छानबिनकोको लागि अनुरोध गरेसँगै कास्की प्रहरीले प्राइम सहकारीका ८ सञ्चालकलाई तत्कालै पक्राउ गरेको हो।

कास्कीका प्रहरी प्रमु्ख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार पक्राउ पर्नेमा सहकारीका वर्तमान अध्यक्ष पोखरा १४,चाउथे बस्ने शंकर कार्की, निवर्तमान अध्यक्ष पोखरा ४, गैह्रापाटन बस्ने वर्ष ६६ का निदेशप्रसाद कोइरालालगायत छन्।

यस्तै पोखरा ११, रानीपौवा बस्ने सहकारीका व्यवस्थापक निरु थापा केसी, पोखरा १३ आर्वा घर भएका कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, पोखरा १२, ढिकालेथर बस्ने सहकारीका कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पोखरा ३०, शिशुवा बस्ने सहकारीका पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, सोही ठाउँ बस्ने कर्जा अधिकृत सुनील थापा र सहकारीका सल्लाहकार पोखरा ८,नयाँबजार बस्ने मानबहादुर गुरुङ रहेका छन्।

प्रहरीले मंगलबार नै सार्वजनिक सूचना जारी गर्दै सो सहकारीबाट पीडितहरूलाई जेठ २० गतेसम्म उजुरी दिन अनुरोध गरेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .