उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको बुधबार (आज) बहस सकाएको छ।
केही बेरअघि बहस पूरा भएपछि इजलासमा रहेका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले घटनाका बेलाको सीसीटीभी फुटेज मगाएर हेर्न थालेका छन्।
बहसका क्रममा सीसीटीभी फुटेजका विषयमा धेरै कुरा उठेकाले निर्णय गर्नअघि न्यायाधीशले त्यो हेर्न चाहेका हुन्।
मंगलबारदेखि जारी बहसमा बुधबार अन्तिममा सन्दीप पक्षका अधिवक्ताद्वय सरोजराज घिमिरे र सविता भण्डारीले बहस गरेका थिए।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले ८ वर्षको जेल सजाय सुनाएपछि सन्दीप यसको बदर माग गर्दै उच्च अदालत गएका हुन्।
उता पीडित पक्षबाट पनि किशोरी नाबालिग नै रहेकाले सोहीबमोजिम अझ बढी जेल सजाय हुनुपर्ने माग गरी पुनरावेदन गरिएको छ।
दुवै पुनरावेदन सँगै राखेर सुनुवाइ गरेको उच्च अदालत पाटनले आज फैसला गर्ने तयारी गरिरहेको हो।
Shares
प्रतिक्रिया