केही दिनयता पानी पर्ने क्रम कम भए पनि देशका पहाडी भेगका केही स्थानमा भने वर्षा हुने क्रम जारी छ।
यसै क्रममा पछिल्लो २४ घण्टामा देशभरमै सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका ७:४३ बजे सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी सिन्धुपाल्चोकको ढुंगेमा ४० मिलिमिटर वर्षा मापन भएको छ।
यसपछि दोस्रोमा सबैभन्दा बढी वर्षा उदयपुृरको उदयपुरगढीमा २४.४ मिलिमिटर वर्षा भएको छ।
तेस्रो नम्बरमा झापाको केचनामा १९.६ मिलिमिटर वर्षा भएको छ भने यसपछि संखुवासभाको अरुण एट तुर्केघाटरमा १६.४ मिलिमिटर तथा काठमाडौँको धापड्याममा १५.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाको विवरणमा उल्लेख छ।
यसबाहेक देशका अन्य स्थानमा भने पछिल्लो २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भएको छ। १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, १० मिलिमिटरभन्दा माथि ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।
मौसम महाशाखाका अनुसार आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ।
Shares
प्रतिक्रिया