ad ad

समाज


कस्तो होला अबको ३ दिन देशभरको मौसम?

कस्तो होला अबको ३ दिन देशभरको मौसम?

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार ७:०, काठमाडौँ

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

यतिबेला (शुक्रबार बिहान)कोसी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेसका भूभागको मौसम मुख्यतया सफा रहेको छ। 

आज दिउँसो कोसी, मधेस प्रदेशसहित देशका बाँकी पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोसी, मधेस र बागमती प्रदेशसहित गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भूभागकाे मौसम मुख्यतया सफा रहने अनुमान छ।

राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला शनिबार र आइतबारको मौसम? 

२०८१ जेठ ५ गते (शनिबार)

दिउँसोː  देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानका साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राति: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोसी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०८१ जेठ ६ गते (आइतबार)

दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानका साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोसी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
काेसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .