केही दिनदेखि देशभर तापक्रम बढिरहेको छ। जसका कारण गर्मी भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार तराईका ३ स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा यसभन्दा माथि पुगेको छ।
महाशाखाका अनुसार बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ४१.४ डिग्री सेल्सियस पुगेको छ भने यसपछि बाँकेको नेपालगन्जमा ४०.५ र कैलालीको धनगढीमा ४० डिग्री सेल्सियस छ।
यस्तै जनकपुरसहित देशका अन्य ८ स्थानमा पनि तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ।
महाशाखाको विवरणअनुसार बिहीबार अधिकतम तापक्रम धनुषाको जनकपुरमा ३९.६ डिग्री सेल्सियस, डोटीको दिपायलमा ३८ डिग्री सेल्सियस, सुर्खेतको वीरेन्द्रनगरमा पनि ३८, दाङको घोराहीमा ३७.७, सुनसुरीको धरानमा ३७.५, बाराको सिमरामा ३७.४ र मोरङको विराटनगरमा पनि ३७.४ डिग्री सेल्सियस पुगेको छ।
यसैबीच पहाडी क्षेत्रमा पर्ने काठमाडौँ उपत्यकामा समेत बिहीबार अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणमा उल्लेख छ।
हेर्नुहोस् बिहीबारको तापक्रम विवरण (आजको अपडेट आउन बाँकी नै छ)
मौसमविद्ले अबका तीन दिन अत्यधिक गर्मी हुने र तराईमा तातो हावा चल्ने भएकाले होसियारी अपनाउन सुझाव दिएका छन्।
Shares
प्रतिक्रिया