ad ad

समाज


तीन ब्याचलाई टप्दै तीन एसएसपी डीआईजीमा बढुवा

एसएसपीमा पहिलो नम्बरका पोखरेल पनि डीआईजी
तीन ब्याचलाई टप्दै तीन एसएसपी डीआईजीमा बढुवा

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार २३:१६, काठमाडौँ

 नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) का लागि बढुवा सिफारिस भएका छन्।

शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

पोखरेल एसएसपीमा पहिलो नम्बरमा थिए। उनी २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ना भएका हुन्। उनी आगामी भदौ १५ गते अनिवार्य अवकास हुनेछन्।

बाँकी तीन एसएसपी भने तीन ब्याचलाई टप्दै अगाडि आएका हुन्।

प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द भए पनि उनीहरू डीआईजी बढुवाको सिफारिसमा परेनन्। 

यस्तै राष्ट्रिय अनुसन्धान विभागमा २०५३ सालमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएको टोली पनि डीआईजी बढुवामा छुटाइएको छ। 

सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुरवेदी पनि बढुवामा परेनन्। 

उनीहरूभन्दा पछाडि रहेका एसएसपी कार्की, केसी र अधिकारीलाई बढुवा गरिएको हो।

हेर्नुहोस् सूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .