आज (शनिबार) राति देशका पहाडी भेगमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।
साथै देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा पनि त्यस्तै वर्षाको सम्भावना छ।
यसैबीच काठमाडौँ उपत्यकामा पनि आज राति पानी पर्ने सम्भावना २० प्रतिशत रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
4.6k
Shares
प्रतिक्रिया