दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ।
लमहीस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा भण्डारीको मृत्यु भएको हो।
उनी साथीहरू मिलेर नुहाउन गएका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डुबेर मृत्यु भएको अवस्थामा निकालेको थियो। उनको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ। रासस
30
Shares
प्रतिक्रिया