काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५, सानोथलीमा मृत भेटिएका कृष्ण नगरकोटीका छोराछोरी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ प्रहरी परिसर, एसएसपी वसन्त राजौरेका अनुसार, छोरा फर्पिङ र छोरीलाई बबरमहलबाट नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। यद्यपि घटनामा उनीहरूको संलग्नताबारे अहिलेसम्म केही खुलेको छैन।
भक्तपुर–७, छालिङका ५२ वर्षीय नगरकोटी मंगलबार बिहान मृत अवस्थामा फेला परेका थिए।
शवको साथमा भेटिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा प्रहरीले उनको परिचय पत्ता लगाएको थियो।
कपडाले मुख ढाकिएको अवस्थामा फेला परेको शवनजिकै दुइटा ब्लेड पनि भेटिएको थियो।
उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
429
Shares
प्रतिक्रिया