ad ad

समाज


आयोगको प्रतिवेदनमाथि संसदमा छलफल नहुनु मुस्लिम समुदायमाथिको धोका : अन्सारी

आयोगको प्रतिवेदनमाथि संसदमा छलफल नहुनु मुस्लिम समुदायमाथिको धोका : अन्सारी

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १७:४०, काठमाडौँ

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको प्रतिनिधित्व गरी सदनमा पुग्नेहरुले आफ्नो समुदायको आवाज उठाउन नसक्नु पीडादायक रहेको बताएका छन्।

मुस्लिम बालबालिका तथा युवाहरुको उत्थानको लागि इमामहरुको भूमिका अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले हरेक क्षेत्रमा मुस्लिमको उपस्थिति हुनुपर्ने मुस्लिम आयोगको माग रहेको बताए।

उनले मुस्लिम समुदायको प्रतिनिधित्व हरेक ठाउँमा हुनुपर्ने आफूहरुको माग रहेको बताए। उनले मुस्लिम समुदायको हक, अधिकार, विकास र उत्थानका लागि आयोगले विभिन्न कामहरु गर्दै आएको बताए।

उनले आयोगले गरेका कामहरु हरेक वर्ष वार्षिक प्रतिवेदनमा राष्ट्रपति कार्यालयलाई बुझाउने गरेको र राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री हुँदै सदमा पुगेपछि मुस्लिम समुदायकै सांसदहरुले त्यसबारेमा आफ्ना आवाज उठाउने र छलफल गर्ने नगरेकोप्रति दुःखेसो गरे।

उनले सदनमा प्रतिवेदनमाथि छलफल हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए। मुस्लिम क्षेत्रबाट जाने प्रतिनिधिहरुले प्रतिवेदनमाथि संसदमा आवाज निकालेर छलफल गराउन नसक्नु समुदायको लागि धोका हुने बताए।

उनले भने, ‘दुर्भाग्यवश सदनमा पुग्दा त्यो विषयमा छलफल नहुनु, हाम्रा मुस्लिम समुदायका प्रतिनिधिहरु सदनमा जोजो हुनुहुन्छ, उहाँहरुले समेत यो विषयमा आवाज नउठाउनु यो समुदायको लागि धोका हो। समय र ठाउँमा नबोल्दा त्यो समुदायको माग ओझेलमा पर्दछ।’

उनले समय र ठाउँमा नबोल्दा समुदायको माग ओझेलमा पर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .