पाल्पाको तिनाउ नदीमा डुबेर १७ वर्षका किशोरको मृत्यु भएको छ।
तिनाउँ गाउँपालिका–३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा डुबेर रूपन्देहीको बुटवल उपमहानगरपालिका ७ हिलपार्कका १७ वर्षीय राजीव लामाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठलेका अनुसार बुधबार दिउँसो उनी अन्य तीन साथीसहित पौडी खेल्न तिनाउ गएका थिए। पौडी खेल्ने क्रममा नदीमा डुबेर किशोर बेपत्ता भएका थिए।
प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा बुधबार साँझ उनको मृत फेला परेको हो।
किशोरको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल पाल्पामा राखिएको छ।
15
Shares
प्रतिक्रिया