आज (बिहीबार) राति चार प्रदेशका एक/दुई स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1.4k
Shares
प्रतिक्रिया