ad ad

समाज


साउदी रियल देखाई लाखौँ ठगी, तीन आरोपी पक्राउ

साउदी रियल देखाई लाखौँ ठगी, तीन आरोपी पक्राउ

नेपालखबर
जेठ २१, २०८१ सोमबार १७:१६, काठमाडौँ

साउदी रियल साट्दा फाइदा हुने प्रलोभनमा पारेर १४ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा तीन व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१२ जिनाखुका ३५ वर्षीय दीपक तामाङ, ४९ वर्षीय टेक बहादुर घिसिङ र ३६ वर्षीय निर बहादुर तामाङ रहेका छन्।

उनीहरुले रामेछापको दोरम्बा गाउँपालिका–७ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा–५ हरियालिनगर बस्ने वर्ष ५८ की चन्दरी तामाङ समेतका मानिसहरुलाई साउदी रियल देखाइ फाईदा हुने प्रलोभनमा पारी निजहरूको साथमा भएको सुनका विभिन्न गरगहना तथा नगद समेत गरी १४ लाख २१ हजार ५ सय लिई ठगी गरेको प्रहरीले जनाएको छ।

फरार रहेका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय पीआरसीबी भक्तपुर र पीसीसीबी बौद्धको संयुक्त प्रहरी टोलीले जेठ १८ गते गोकर्णेश्वर नारायणटारबाट पक्राउ गरेको हो।

उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बौद्ध पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

ती व्यक्तिहरुले गएको साउन १० गते काभ्रेपलान्चोक तेमाल गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर–६ नयाँबस्ती बस्ने वर्ष ३५ की फुलमाया तामाङलाई साउदी रियाल देखाई साथमा रहेको सुनको विभिन्न गरगहना समेत गरी जम्मा ४ लाख ८५ हजार ठगी गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।

यस्तै, साउन १५ गते रामेछाप साविक गुप्तेश्वर गाविस– ६ घर भइ हाल गोकर्णेश्वर बस्ने सरमाया तामाङलाई साउदी रियाल देखाई सुनका विभिन्न गरगहना समेत गरी जम्मा २ लाख २२ हजार ५०० रुपैयाँ ठगी गरेको पाइएको छ।

यसैगरी साउन २४ गते ओखलढुङ्गा सुनकोशी गाउँपालिका–३ घर भई हाल कागेश्वरी मनोहरा–२ आलापोट बस्ने वर्ष २४ को उत्तम बस्नेतलाई कतारी रियाल देखाई साथमा सुनको सिक्री लिई २ लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ।

कात्तिक २१ गते दोलखा साविक डाँडाखर्क गाविस ३ घर भई हाल गोकर्णेश्वर–८ माकलवारी बस्ने वर्ष ४९ की दिल कुमारी तामाङलाई साउदी रियाल देखाई कानमा लगाएको सुनको गहना लिई २ लाख ८४ हजार ठगी गरेका थिए।

उनीहरुले यही जेठ १६ गते रामेछाप दोरम्बागाउँपालिका ७ घर भई हाल कागेश्वरी मनोहरा–५ हरियालिनगर बस्ने वर्ष ५८ की चन्दरी तामाङलाई साउदी रियाल देखाई कानमा लगाएको सुनको रिङ लिई २ लाख १० हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ।

उनीहरुको साथबाट प्रहरीले साउदी अरबियाको रियाल १०० दरको थान–२ नेरु १० दरको थान १००, प्रदेश १-०५-००१ प ८०३७ नं को १५० सीसीको पल्सर मोटरसाइकल, बा ४६ प ९७७५ नं. को डियो स्कुटर र ३ थान मोबाइल सेट बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .