ad ad

समाज


राति यी तीन प्रदेशमा वर्षाको बढी सम्भावना

काठमाडौँ उपत्यकामा?
राति यी तीन प्रदेशमा वर्षाको बढी सम्भावना

फाइल फाेटाे


नेपालखबर
जेठ २२, २०८१ मंगलबार २०:१२, काठमाडौँ

आज (मंगलबार) राति देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले मंगलबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी, मधेसी र गण्डकी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा डम्म बादल) हुने सम्भावना छ भने देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) मौसम मुख्यतया सफा (आकाश खुला) रहने छ। 

यस क्रममा राति कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।  

यसैबीच आज राति काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना देखिएको छ। तर यो सम्भावना २० प्रतिशत मात्र रहेको महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .